धादिङका शाही, स्लोवेनिया पठाउने भन्दै ठगीको आरोपमा पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, पुस १८, २०८०

धादिङ । स्लोवेनिया पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा धादिङ ज्वालामुख िगाउँपालिका ४ घर भई काठमाडौं चन्द्रागिरी बस्दै आएका अजय राज शाही र गोरखाका छिमी सुनुवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनिल भुजेललाई स्लोवेनिया पठाईदिन्छु त्यसको लागि ७ लाख लाग्ने लाग्छ मासिक ७० हजार तलव हुन्छ । भनी विश्वास दिलाई प्रलोभनमा पारी २ लाख ८० हजार लिई सम्पर्क विहिन भई ठगि गरेको आरोपमा पक्राउ गरिएको हो ।