धादिङ । धादिङको नीलकण्ठ १४ स्थित सुन्दर कुपा गाउँ आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो । यहाँका स्थानीहरुको सामुदायीक एकता अझै लोभलाग्दो छ । गाउँमा रहेकाहरुले कुपा युवा समाज मार्फत विकासमा तल्लिन छन् भने विदेशमा रहेकाहरुले समेत प्रवासि समाज कुपा गठन गरी गाउँलाई सहयोग गरि रहेका छन् ।
अंग्रेजी नयाँ वर्ष २०२४ जनवरि १ मा प्रवासि समाज कुपा साधरण सभा सम्पन्न भयो । उक्त साधारण सभाले
१. कुपा समाजको सम्पुर्ण भाइ बहिनिहरुको पढाइ खर्च माध्यमिक तह सम्म यस सस्थाले बेहोर्ने ।
२. आउदै गरेको सोनाम ल्होछारलाई आर्थिक सहयोग गर्ने ।
३. दशै तिहारमा हुने खेलकुदलाई सहयोग गर्ने ।
४. आजिवन सदस्यहरुलाई सस्तो ब्याज दरमा बचत रकम लगानि गर्ने ।
५. सामाजिक कार्यमा निरन्तर सहयोग गर्ने ।
६. समाजको प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने ।
निर्णय गरेको छ ।
प्रवासि समाज कुपाको भारतको बनारसमा सम्पन्न उक्त भेलाले अरुण गुरूङ (राम) संयोजक र अध्यक्ष राम वहादुर गुरूङ रहेको नयाँ कार्य समिति समेत बनाएको छ । नव गठित कार्य समितिको उपाध्यक्षमा सुक बहादुर गुरुङ, कोषाध्यक्षमा शेर बहादुर गुरुङ, सचिवमा आइतराम गुरुङ, उपसचिवमा नेत्र गुरुङ (राहुल) र सदस्यहरुमा महेश गुरुङ, धन वहादुर गुरुङ, सन्तोष गुरुङ, आदित्य लामा [राम) बिशेष सल्लाहकारमा हर्क बहादुर गुरुङ, र भीम गुरुङ रहेका छन् । फोटो फाईल