धादिङ । धादिङबेसी स्थित प्रतिक कम्प्युटरको सिद्धलेक बैरेनीमा रहेको गोदाममा गयराती आगलागी हुँदा एक करोड भन्दा माथि क्षेति भएको बताईएको छ ।
धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले विगत दुई दशक भन्दा अघि देखि धादिङबेसीमा प्रतिक कम्प्युटर संचलन गर्दै आएका थिए । उनले पसलको गोदाम भने सिद्धलेक बैरेनीमा गर्दै आएका थिए उक्त गोलाममा विद्युतसर्ट भएर आगलागी भएको आशंका गरिएको छ ।
आज मात्रै २ गाडी सामान बाहिर पठाउने तयारीमा थिँए । आगलागीले गदाममा रहेका सबै कम्प्युटर प्रिन्टरहरु पूर्णरुपमा क्षेति भएको सिंखडाले धादिङपोष्टलाई बताए । मध्यराती भएकाे आगलागी नियन्त्रण गर्न नीलकण्ठ नगरपालिकाकाे दमकल, नेपाल प्रहरी र स्थानीयबासीलाई करिव ३ घण्टा लागेकाे थियो ।