काउलेका महिलाद्वारा बियर र जुवातासमा प्रतिबन्ध

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १७, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १ काउलेका महिलाहरुले सामाजिक कार्य वा सार्वजनिक कार्यमा बियर उपभोगमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

आज बसेको काउलेका महिलाहरुको भेलाले काउलेमा बिबाह, क्षेवर, किरिया, पार्टी लगायतका सामाजिक कार्य, जस्ता भोजभतेरहरुमा बियर उपभोगमा गर्न नपाईने गरि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।

बैठकले जुवातास खेल्न, खेलाउन नपाउने निर्णय पनि गरेको छ । साथैसमाजका बिकृती बिसंगती हटाउन मन्जु तामाङको अध्यक्षतामा काउले कृयाशील महिला समिती गरिएको छ । समितिको उपाध्यक्षमा बिमला तामाङ, सचीवमा उपासना तामाङ, सह-सचिवमा परि तामाङ, कोषाध्यक्षमा उमा तामाङ सहित १७ सदस्यीय महिलाहरु रहेका छन ।