बेनीघाट रोराङले ३४ शिक्षकलाई आन्तरिक भ्रमणमा खटायो

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १७, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङले हप्ता दिनका लागि ३४ जना सामुदायीक विद्यालयका शिक्षकलाई आन्तरिक भ्रमणमा खटाइएको छ । एक विद्यालयको राम्रा अभ्यास अर्को विद्यालयमा लैजाने र शिक्षक-शिक्षक बीच शिक्षण सिकाई क्रियाकलापहरु आदान-प्रदान गर्ने उद्देश्यले हप्ता दिनका लागि खटाइएको जनाईएको छ ।

पुस १९ देखि लागु हुने गरी ७ कार्य दिनको लागि खटिएकै विद्यालयको कार्य तालिका अनुसार नै अध्यापन गर्ने गरी पहिलो चरणमा मावि र निमाविका ३४ जना शिक्षकलाई खटाइएको शिक्षा शाखा प्रमुख बोधराज पाठक बताउँछन् । यो अभ्यास नेपाल मै पहिलो भएको समेत उनले दावी गरेका छन् ।

मंसिर २५ गते बसेको बेनीघाट रोराङ गाउँपालिका शिक्षा समितिको निर्णायानुसार पहिलो चरणमा ३४ जनालाई खटाईएको छ । सम्बन्धित शिक्षकले जुन विद्यालयमा खटिएको हो सो विद्यालयको प्र.अ. बाट ७ कार्य दिनको हाजिरी प्रमाणित र फरक विद्यालयमा जाँदा के कस्तो अनुभूति सहितको संक्षिप्त प्रतिवेदन पेश गर्नु पर्ने समेत बताईएको छ ।