जनयुद्धमा धादिङका कमाण्डर ज्योती फेरि राजनीतिमा फर्किए

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १७, २०८०

धादिङ । जनयुद्धलाई नजिकबाट नियाल्नेहरुले नजिकबाट चिन्ने धादिङका कमाण्डर ज्योती भनेर चिनिने त्रिपुरासुन्दरी गाउँपालिका हाँसेपसल निवासी शेरबहादुर भण्डारी फेरि राजनीतिमा फर्किएका छन् ।

लामो समयदेखि राजनीतिबाट टाढा रहेर माछापालन, कुखुरा पालिन गर्दै आएका ज्योती विप्लव नेतृत्वको नेकपामा देखिएका छन् । उनलाई नेकपाको केन्द्रिय समितिको वैठकले केन्द्रिय प्रतिनीधिमा चयन गरे सँगै उनी कार्यक्रमहरुमा देखिन थालेका छन् ।

जनयुद्धको समयमा जिल्ला सेक्रेटरीको भूमिका समेत निभाई सकेका ज्योती कुशल कमाण्डरका रुपमा परिचित थिए । उनले बनाएको प्रय सबै योजना र प्लानहरु सफल भएका उनी सँग जोडिएर काम गरेका कार्यकर्ताहरु अहिले पनि उनको तारिफ गरेर थाक्दैनन् ।

जनयुद्धका सफल कमाण्डरका रुपमा परिचय बनाउन सफल ज्योतीको यो विप्लव नेतृत्वको नेकपा यात्रा कत्तिको फलदायी होला त्यो चाहि प्रतिक्षा गर्नै पर्छ ।