धादिङका आरम्भले पीएम कप छनोट भक्तपुरबाट खेल्ने

Avatar photo
Dhadingpost
सोमवार, पुस १६, २०८०

धादिङ । बागमती प्रदेशले भोली पुस १७ गते देखि आयोजना गर्न लागेको प्रधामन्त्री कप पुरुष टी–ट्वान्टी क्रिकेट खेलाडी छनोट प्रतियोगिताका लागि भक्तपुर जिल्ला क्रिकेट संघले धादिङ सिद्धलेकका गाउँपालिका निवासी आरम्भ तिमल्सिना आफ्नो टिममा छनोट गरेको छ ।

२०७६ सालमा स्कुल क्रिकेट लिगबाट खेल्न सुरु गरेका आरम्भले अहिले सम्म सानाठुला गरी पाँच दर्जन भन्दा बढी क्रिकेट प्रतियोगिता छन् । स्कुल लिगमा क्याप्टेनसिप मात्रै हैन उनले जिल्ला लिग हुँदा आफ्नै गाउँपालिका सिद्धलेकको क्याप्टेनसिप गर्दै आएका छन् । उनी ओसिस क्रिकेट एकेडेमीबाट यू-१४ र यू-१६ च्याम्पियन बन्न सफल भएका थिए ।

बागमती प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा धादिङ जिल्लाबाट खेल्दै आएका उनी पीएमकपका लागि धादिङले भाग लिन क्यानको सदस्यता प्राप्त नगरेका कारण नपाउने हुँदा पीएमकप छनोटका लागि भक्तपुर पुगेका हुन । भक्तपुर जिल्लाले दर्जनौ खेलाडीबाट प्रदेशका लागि टिम छनोट गर्दा आरम्भ परेका हुन् ।

भक्तपुरले पहिलो खेल पुस १८ गते काठमाडौं सँग, दोस्रो खेल ललितपुर सँग पुस १९ गते र टीयू सँग पुस २१ गते मुलपानी क्रिकेट मैदानमा खेल्ने छ ।
भक्तपुरको टिम

खेल तालिका