चौतारा माविमा ब्रिटिश लाहुरे बुद्ध रामलाई भव्य स्वागत

Avatar photo
Dhadingpost
आइतवार, पुस १५, २०८०

धादिङ । धादिङ नेत्रावती डवजोङ गाउँपालिका ३ स्थित सेमजोङमा रहेको चौतारा माविका विद्यार्थीहरुले ब्रिटिश लाहुरे (गोर्खा आर्मी) स्थानीय तथा बुद्ध राम तामाङलाई विद्यालयमा भव्य स्वागत गरेका छन् ।

चौतारा माविका पूर्व विद्यार्थी समेत रहेका बुद्ध रामले २ लाख ८५ हजार ४०० रुपैंया बराबरको सामाग्रीहरु (स्टेशनरी सामाग्री, खेलकुद सामाग्री र स्वीटर) सहयोग गरेका छन् । उनलाई विद्यार्थीहरुले फुलमालाले भव्य स्वागत गरेका थिए ।

रोयल गोर्खा राइफल्स इन्फ्रेन्ट्री व्यटल स्कुल ब्रेकन युके इन्टेक युनिटी मार्फत ब्रिटिश आर्मीमा कार्यरत उनले आफु पढेको आफ्नै गाउँको विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेका थिए ।