पालिका स्तरीय चित्रकलामा विमिशा प्रथम

Avatar photo
Dhadingpost
शनिबार, पुस १४, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ शिक्षा तथा खेलकुद शाखाले गरेको पालिका स्तरीय चित्रकला प्रतियोगितामा बेनीशिक्षा सदन बेनीघाटकी कक्षा ५ मा अध्ययनरत छात्रा विमिशा श्रेष्ठ ७० अंक प्राप्त गर्दै प्रथम भएकी छिन् ।

आधारभूत तह (कक्षा ४ र ५) स्तरीय उक्त प्रतियोगितामा २७ विद्यालयका ५४ जना विद्यार्थीहरुले भाग लिएका थिए । जसमा विमिशा प्रथम हुँदा बागेश्वरी मावि रिचोकटारका छात्रा उपेन्द्र गैरे ६७ अंकका साथ द्वितिय, शंखादेवि माविकी रजिना परियार तृतिय र ओर्वाङ आधारभूत विद्यालयकी रोजी चेपाङ सान्तोना भएका छन् ।

हाम्रो विद्यालयको वातावरण शिर्षकमा प्रतियोगिहरुले चित्र बनाउनु पर्ने उक्त चित्रकला प्रतियोगिता अघिल्लो शुक्रबार बागेश्वरी माविमा भएको थियो, नतिजा एक साता पछि शिक्षा शाखाले सार्वजनिक गरेको हो ।