धादिङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरको सबै स्थानीय तहलाई सुगम र दुर्गमको आधारमा वर्गीकरण गरेको छ । जस अन्तरगत धादिङका ३ पालिका अति दुर्गममा परेका छन् भने सुगममा कुनै पालिका परेका छैनन् ।
मत्रालयको वर्गिकरण अनुसार रुबीभ्याली, गंगाजमुना र खनियाबास गाउँपालिका अति दुर्गममा परेका छन् भने ज्वालामुखी, त्रिपुरासुन्दरी र नेत्रावती डवजोङ गाउँपालिका दुर्गममा परेका छन् भने अन्य पालिकाहरु मध्यममा परेका छन् ।
मत्रालय सबै स्थानीय तहलाई चार वर्गमा बाडेको छ । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा राखिएको छ । प्रारम्भिक प्रतिवेदनमा १ सय ६२ अतिदुर्गम, २ सय १८ दुर्गम, २ सय ७५ मध्यम र ९८ सुगम वर्गमा परेका छन् । यो वर्गीकरणमा सबैभन्दा बढी २ सय ७५ स्थानीय तह मध्यम अर्थात् ग’ वर्गमा परेका छन् ।