ढाका म्याराथनका लागि सन्तोषी सहित नेपालबाट ६ जना छनोट

Avatar photo
Dhadingpost
बिहिबार, पुस १२, २०८०

धादिङ । २०२४ जनवरी २४ का दिन बाङ्गलादेसको ढाकामा आयोजना हुने ढाका म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठ सहित नेपालबाट ६ जना छनोट भएका छन् ।

नेपालगन्ज म्याराथनकालाई छ्नोटको आधारमा बनाईए सँगै महिला तर्फ धादिङकी सन्तोषी बागमती प्रदेशबाट, एपिफबाट पुस्पा भण्डारी र बिन्द्रा धन्के श्रेष्ठ पुरुष तर्फ आर्मीका खड्क बहादुर खड्का, एपीएफबाट गोपिचन्द्र पार्की र किरण सिंह बोगटी ढाका म्याराथनका लागि नेपालबाट छनोटमा परेका हुन् ।

गत वर्षको ढाका म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण जितेकी थिईन् । पुष्पा बंगबन्धु शेख मुजिम ढाका म्याराथनको २०२१ संस्करणकी पनि स्वर्ण पदक विजेता हुन भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् ।