सल्यानटार क्याम्पसलाई नमुना बनाउँछौं -पालिका प्रमुख उप्रेती

Avatar photo
Dhadingpost
बुधबार, पुस ११, २०८०

दिलिप श्रेष्ठ
धादिङ ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले सल्याटार क्याम्पससलाई नमुना क्याम्पस बनाईने बताएका छन् ।त्रिपुरासुन्दरी गाउँपालिका १, सल्यानटार स्थित सल्यानटार क्याम्पसको तेस्रो सभा तथा सोह्रौं वार्षिकोत्सव समारोका प्रमुख अतिथि समेत रहेका पालिका प्रमुख उप्रेतीले पालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने र नमुना बनाउन पढ्दै, सिक्दै, कमाउँदै कार्यक्रम लागू गरिने बताएका हुन् ।

कार्यक्रममा विशिष्ट अतिथी त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्ष देवराज धरेलले क्याम्पसको चौतर्फि विकासका लागि सबै पक्षले होस्टेमा हैँसे गर्दै एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन् । धरेलले गुणस्तरीय एवम् व्यवसायिक शिक्षामा जोड दिदैँ सबल, आर्थिक स्रोतका लागि संघ, प्रदेश सरकार एवं स्थानीय सरकारसँग सहकार्य गरिने बताएका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख टंक सिलवालले कुल रु ४५ लाख ८५ हजार रुपैया बरावरको आर्थिक प्रतिवेदन संगै शैक्षिक, भौतिक तथा प्रगती प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा वोल्दै क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष देवी पाण्डे बुर्लाकोटीले गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मुख्य नाराका साथ शिक्षा लाई अगाडी वढाईएको भन्दै वर्तमान अवस्थामा राज्यमा राजनैतिक परिवर्तन भएपनी शिक्षामा परिवर्तन हुन नसकेकोमा चिन्ता व्यक्त गरेकी थिईन् । समयानुकूल सुविधायुक्त कक्षा कोठाको अभाव, साधारण विषयहरुमा विद्यार्थीहरु आकर्षण कम रहेको उल्लेख गर्दै स्थानीय तहमा विभिन्न अवसरहरु नभएका कारण विद्यार्थीहरुको न्यून भर्ना तथा स्थानान्तरण हुनु चुनौतिको बिषय भएको उल्लेख उनले गरेकी थिईन् ।