माओवादी केन्द्र नीलकण्ठ ९ को अध्यक्षमा बलकुमार चयन

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १०, २०८०

धादिङ । माओवादी केन्द्र नीलकण्ठ ९को अध्यक्षमा बलकुमार श्रेष्ठ (श्याम) चयन भएका छन् । अध्यक्षमा चय भए सँगै उनले आफ्नो वडामा माओवादी पहिलो पार्टी बनाउने गरि काम गर्ने प्रतिवद्धता गरेका छन् ।

केन्द्रीय सदस्य अप्सरा सिम्खडा (दिपा) को प्रमुख आतिथ्यता, बागमती प्रदेश समिति कोषाध्यक्ष संगीता भटराई र जिल्ला संयोजक मनराज भण्डारी (शैलेस) को विशेष आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले बलकुमार श्रेष्ठ अध्यक्ष रहेको १५ सदस्यीय वडा समिति चयन गरेको हो ।

नव निर्वाचित अध्यक्ष श्याम द्वन्दकालमा तत्कालीन शाही सेनाबाट गिरफ्तार भई जेल जीवन पनि भोगेका पात्र हुन्, समितिमा आएका सबै जना पार्टी प्रति योगदान गरेका व्यक्तिहरु भएकोले माओवादी केन्द्र नीलकण्ठ ९ चलायमान हुनेमा जिल्ला पार्टी ढुक्क रहेको जिल्ला अध्यक्ष मनराज भण्डारी बताउँछन् ।