कांग्रेस बागमतीको प्रदेश सम्मेलन आज धादिङबाट ४८ जना सहभागी हुने

Avatar photo
Dhadingpost
शनिबार, पुस ७, २०८०

धादिङ । नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज काठमाडौंमा हुँदै छ । बागमती कांग्रेसका प्रवक्ता तिलकप्रसाद रुवालीका अनुसार सम्मेलन सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा हुनेछ ।

उक्त सम्मेलनमा धादिङबाट केन्द्रीय सदस्य २ जना केन्द्रिय सदस्य, जिल्ला सभापति १ जना, बागमती प्रदेश कार्यसमितिमा रहेका ७ जना, क्षेत्रीय सभापति २ जना, प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट सभापति सहित ९ जना जम्मा ३६ जना सहभागी हुने छन् ।

जिल्ला सभापति रामनाथ अधिकारी चाईना भ्रमणमा रहेका कारण कार्यबहाक सभापति गेहेन्द्र मल्ल सम्मेलनमा सहभागी हुने नेपाली कांग्रेस धादिङका सह-सचिव नवराज तिमल्सिनाले धादिङपोष्टलाई बताए ।

सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न र थप जवाफदेही बनाउने विषयमा छलफल हुने प्रवक्ता रुवालीले जानकारी दिए । साथै, कांग्रेसको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त र थप समावेशी बनाउने विषय सम्मेलनको एजेन्डा रहेको उनले जानकारी दिए ।