धादिङबाट यू-१६ र यू-१९ का महिला फुटबल खेलाडी छनोट

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ६, २०८०

धादिङ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार मिति २०८० माघ १८ गते देखि २८ गते  ( सन् २०२४ फेब्रुअरी १ देखि ११ )  सम्म र मिति २०८० फाल्गुण १८ गते देखि २८ गते  ( सन् २०२४ मार्च १ देखि ११ ) सम्म आयोजना हुने SAFF U-19 / U-16 Women’s Championship 2024 मा नेपाली राष्ट्रिय यू-१९ र यू-१६ महिला फुटबल टिमका लागि अखिल नेपाल फुटबल संघको जिल्ला छनोटको कार्यक्रम अन्तरगत एन्फा धादिङले खेलाडी छनोट गरेको छ ।

एन्फा धादिङका महासचिव रामहरि थापाका अनुसार पुस ५ र ६ गते दुई दिन लगाएर गरिएको छनोटमा धादिङबाट निम्न खेलाडीहरु छनोट भएका छन् ।

यू १६ तर्फ
अनु भुषाल, थाक्रे
सृष्टि मगर, सिद्धलेक
सजिता तामाङ, थाक्रे
रेखा अधिकारी, गजुरी
गरिमा तामाङ, नीलकण्ठ
पुष्पा गुरुङ, नीलकण्ठ
आशामायाँ गुरुङ, नीलकण्ठ
कुशुम गुरुङ, नीलकण्ठ

यू १९ तर्फ
शोभा नेपाली, गजुरी
सुस्मिता तामाङ, थाक्रे
रत्ना तामाङ, नीलकण्ठ

जिल्लाबाट छनोट हुने खेलाडीले प्रदेश छनोट खेल्न पाउने र प्रदेशबाट पनि छनोट भए राष्ट्रिय छनोटमा भाग लिन पाउने छन् ।