राइजिङ स्टार हाजिरी जवाफमा प्रथम

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ६, २०८०

धादिङ । बेनिघाट रोराङ गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय आधारभूत विद्यालय (६-८) स्तरीय वृहत् हाजिरी जवाफ प्रतियोगितामा राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ ।

१८ वटा विद्यालयहरुले भाग लिएको उक्त प्रतियोगितामा चन्द्रोदय मावि बेनिघाट द्वितिय, बागेश्वरी मावि, रिचोकटार तृतिय र बेनि शिक्षा सदन , बेनिघाट सान्तोना भएका छन् ।

राइजिङ स्टारको जितका लागि विद्यार्थीहरु उम्मीद थपलिया, रक्षक श्रेष्ठ, पावनी थपलियाले हाजिरी जवाफमा सहभागीता जनाएका थिए ।