भेषराजद्वारा महिला समूहलाई पञ्चेबाजा प्रदान

Avatar photo
Dhadingpost
बुधबार, पुस ४, २०८०

धादिङ । धादिङमा समाजसेवीका रुपमा चिनिने भेषराज खाँड ठकुरीले महिला समूहलाई पञ्चेबाज सेट र साउण्ड सिस्टमका ससामाग्री सहयोग गरेका छन् । उनले यस अघिपनि विभिन्न टोल समुदायलाई आर्थिक देखि विभिन्न सामाग्री उपलब्ध गराई सकेका छन् ।

धादिङ सोसियल भोलेन्टियर नेपाल धादिङका अगुवा समेत रहेका एम्बुलेन्स चालक उनले नीलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित सितला देवी महिला विकास समुहलाई १ लाख २० हजार बराबरको पञ्चेबाजा (नरसिङ्गा,दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई ) सेट र साउण्ड सिक्ष्टम सहयोग गरेका हुन् । यस समूहमा देउरालीछाप र भार्ले टोलका १४४ जना महिलाहरु आवद्ध छन् ।

यो समूहले महिला पञ्चेवाजा टिम बनाउँदै छ । सामाग्री हस्तान्तरण गरें आजबाट २ जना प्रशिक्षकले तालिम दिन सुरु गरेका छन् त्यो शुल्क पनि म आफैले व्यवास्थ गर्ने ठकुरीले धादिङपोष्टलाई बताए ।

Exif_JPEG_420