
धादिङ । धादिङ अस्पतालको अध्यक्षको नियुक्ति लिए सँगै राजाराम रिजालले धादिङ अस्पताललाई आफ्नो कार्यकाल मै १०० बेडको बनाउने र त्यसका लागि प्रदेश सरकार सँग पहल गर्ने बताएको थिए भने मुख्यमन्त्री शालिकराम जम्कट्टेल धादिङ आउँदा प्रायजसो कार्यक्रममा धादिङ अस्पताललाई सय बेडको बनाउने बताउँदै आएको थिए ।
राजाराम रिजाल अध्यक्ष बनेपछि धादिङ अस्पतालमा ५ बेडको आई सि यु संचालन, ५ बेडको हेमोडायलाइसिस सेवालाई व्यवस्थित रुपमा संचालन, लिक्विड वेस्ट म्यानेज्मेन्ट प्लान्ट स्थापना, सिटी स्क्यान भवन निर्माण, ल्याव शाखा विस्तार तथा थप व्यवस्थित गर्ने कार्य, पार्किङ व्यवस्थित गर्ने कार्य, विशेषज्ञ चिकित्सक सेवा प्रवाहमा वृद्धि, प्रसुति शाखामा विरामी कुरुवा कक्ष निर्माण, अपाङगता र ज्येष्ठ नागरिकमैत्री ३ ओटा शौचालय निर्माण जस्ता कार्यहरु सम्पन्न भई सकेका छन्, प्रदेश सरसकारको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले धादिङ अस्पताललाई सय बेडको बनाउने निर्णय गरे निर्णय सँगै मुख्यमन्त्री जम्कटेल र अध्यक्ष रिजालले बोल्दै आएको १०० बेडको कुराले पनि पूर्णता पाउने भएको छ ।
गत साउन ४ गते नै धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा घोषण गर्न आएका मुख्यमन्त्री जम्कट्टेलले धादिङ अस्पताल अब १०० बेडको यहि वर्ष १०० बेडको हुने घोषणा गरेका थिए भने गत मंसिर २६ गते अस्पतालको आज ४७ औं वार्षिक उत्सवमा पनि यहि घोषणा गरेका थिए ।