रास्वपा नेत्रावती डवजोङको भेलामा यी तीन नेता आउने

Avatar photo
Dhadingpost
सोमवार, पुस २, २०८०

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका स्तरीय राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा केन्द्रिय उपसभापति एवम् पूर्व श्रममन्त्री डीपी अर्याल, केन्द्रिय सदस्य एवम् सांसद सोविता गौतम र केन्द्रिय सदस्य रमेश प्रसाई आउने भएका छन् ।

क्षेत्रिय सभापति उत्तम अधिकारीका अनुसार रास्वपा नेत्रावती डवजोङको भेला पुस ६ गते सेमजोङ चौतारामा हुने छ ।