धादिङका आइतरामको उपचारका लागि सहयोगको अपिल

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ३०, २०८०

धादिङ । नीलकण्ठ नगरपालिका १४ रिमाल्डी निवासी बमबहादुर तामाङ (आइतराम) को उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । केही दिन अघि मात्र स्वस्थमा समस्या आएपछि हस्पिटल जचाउन जाँदा Doctor को भनाइ अनुसार उहाँको मुटुको रक्तनली समस्या रहेको र रक्त सञ्चालन समेत बन्द हुने अवस्था भएको कारण तुरुन्तै अप्रेशन गर्नु पर्ने बताएका छन् ।

उनी अहिले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा उपचाररत छ् । अस्पतालको भनाई अनुसार उपचारको लागि करिव १० लाख जति रकम लाग्ने छ ।

आर्थिक स्थिति पनि कमजोर रहेकोले सबै मिलेर उनको उपचारमा सहयोग गर्न स्थानीयहरुले आग्रह गरेका छन् । सहयोगी मनहरुले Everest bank limited Ac no. 05200501204391 र भारतबाट paytm QR code use गरेर पनि सहयोग गर्न सकिने छ । बिरामीकाे बारेमा बुझ्न चाहनु हुन्छ भने 9810204244 सम्पर्क गर्न सकिने छ ।