धादिङका दिपेन्द्रले १०५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगिता जिते

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ३०, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १२ निवासी नीलकण्ठ माध्यामिक विद्यालयका शिक्षक दीपेन्द्र रिजालले १०५ जना प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रव्यापी खुल्ला निबन्ध प्रतियोगिता जितेका छन् ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ केन्द्रीय समितिले आयोजना गरेको उक्त प्रतियोगितामा धादिङका रिजालले ‘व्यक्तित्व विकासमा पठन संस्कृति’ शिर्षकमा लेखेको निबन्ध प्रथम भएको हो । दीपेन्द्र रिजाल नीलकण्ठ क्याम्पसकाे प्राध्यापक, नीलकण्ठ मा. वि. काे अंग्रेजी शिक्षक, नेल्टा धादिङकाे उपाध्यक्ष, अंग्रेजीका विभिन्न पाठ्यपुस्तकहरुका (optional English (1-5), Wonder English 1-7 लेखक हुन् । उनी विभिन्न साहित्यिक कृति तथा पुस्तकहरुमा सम्पादककाे भुमिकामा देखिँदै आएका छन् ।

प्रतियोगितामा सन्धिखर्क-१, अर्घाखाँचीका रामलाल भुसालको ‘युवा जनशक्तिः विदेशको आशक्ति’ शिर्षकको निबन्ध द्वितिय र विन्द्रासैनी नगरपालिका ५ दैलेखका विज्ञानराज कार्कीको ‘मेरो बाल्यकाल’ शिर्षकको निबन्ध तृतिय भएको छ ।