एड्भान्समा प्रि-प्राईमरी फेस्टिबल सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २९, २०८०

धादिङ । धादिङबेँसी स्थित निजी विद्यालय एड्भान्स एकेडेमीले प्रि-प्राईमरी फेस्टिबल आज शुक्रबार भव्य कार्यक्रम आयोजना गरी मनाइएको छ ।

हरेक वर्ष मनाउँँदै आएको प्रि-प्राईमरी फेस्टिबलमा यस वर्षपनि प्ले ग्रुप देखि यूकेजी सम्मका साना साना नानीबाबुहरूको विविध प्रस्तुतिहरू सहित अभिभावकहरूको उत्साहजनक सहभागितामा सम्पन्न गरिएको हो ।

उक्त प्रि(प्राइमरी फेस्टिबल विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठको अध्यक्षतामा, विद्यालयका कम्पनी सञ्चालक समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो भने विद्यालयकी शिक्षिका ज्ञानीमाया तामाङले उद्घोषण गरेकी थिईन् ।

विद्यालयले माथिल्ला कक्षाका विद्यार्थीहरूका लागि अनेक गतिविधिहरू नियमित रूपमा सञ्चालन गरिरहेको परिप्रेक्षमा प्रिस्कुलका विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई लक्षित गरी हरेक वर्ष एक दिन भव्य कार्यक्रमबिच प्रि-प्राइमरी फेस्टिबल मनाउने गरेको विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।

यस एड्भान्स प्रि-प्राइमरी फेस्टिबल विशेषतस् स(साना विद्यार्थीहरूलाई ज्ञान, सिप र व्यवहार सिकाउनका लागि आयोजना गरिन्छ । कार्यक्रममा प्रि(स्कुलका हरेक विद्यार्थीहरूले आफ्ना अभिभावकहरूको उपस्थितिमा नृत्यकला, वक्तृत्वकला र कथा वाचन लगायतका विविध प्रस्तुति दिएका थिए ।

जिल्लामा खेलकुद र अतिरिक्त क्रियाकलाप र गतिविधिमा आधारित सिकाइको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल एड्भान्स एकेडेमीले हरेक वर्ष प्रि(प्राइमरी फेस्टिबलमा प्रि(स्कुलका विद्यार्थी र उनीहरूका अभिभावकहरूको पिकनिक कार्यक्रमलाई पनि सँगै जोड्दै आइरहेको छ ।