धादिङ अस्पतालको आज ४७ औं वार्षिक उत्सव, मुख्यमन्त्री आउँदै

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २६, २०८०

धादिङ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमबाट विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालको रूपमा स्तरोन्नति गरेको धादिङ अस्पतालको आज ४७ औं वार्षिक उत्सव मनाईदै छ ।

अस्पतालको ४७ औं वार्षिक उत्सव समारोह उद्घाटन गर्न आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री १ बजे आउने भएका छन् । कठिन यात्रा पार गर्दै सेवालाई फराकिलो बनाएको अस्पतालका अध्यक्ष राजाराम रिजाल बताउँछन् ।

राजाराम रिजाल अध्यक्ष भएपछि विस्तार भएका सेवाहरु

  • ५ बेडको आई सि यु संचालन
  • ५ बेडको हेमोडायलाइसिस सेवालाई व्यवस्थित रुपमा संचालन
  • लिक्विड वेस्ट म्यानेज्मेन्ट प्लान्ट स्थापना
  • सिटी स्क्यान भवन निर्माण
  • ल्याव शाखा विस्तार तथा थप व्यवस्थित गर्ने कार्य
  • पार्किङ व्यवस्थित गर्ने कार्य
  • विशेषज्ञ चिकित्सक सेवा प्रवाहमा वृद्धि
  • प्रसुति शाखामा विरामी कुरुवा कक्ष निर्माण
  • अपाङगता र ज्येष्ठ नागरिकमैत्री ३ ओटा शौचालय निर्माण

गत साउन ४ गते धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा घोषण गर्न आएका मुख्यमन्त्री जम्कट्टेलले धादिङ अस्पताल अब १०० बेडको भयो । यहि आर्थिक वर्षमा धादिङ अस्पतालले १०० बेडबाट सेवा दिन्छ भनेर घोषणा गरेका थिए । यस विषयमा अध्यक्ष रिजाल भन्छन् १०० वेड बनाउन पहल भैसकेको छ ।