धादिङ । धादिङबेसीमा कार्यालय रहेको श्रोत परिचालन बचत तथा ऋण सहकारीलाई विप्लव नेतृत्वको नेकपा धादिङले विज्ञप्ती जारी गरी चेतावनी दिएको छ ।
दियोपोष्टमा ुधादिङमा सहकारीको आवरणमा घरजग्गा खाने गिरोहस् किर्ते गरेर करोडको जग्गा कब्जाु भन्ने समाचारले सहकारी प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तीमा भनिएको छ– पीडित मेघराज पोखरेल र श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थालाई संवाद र छलफल गरि उचित प्रकारको समस्या समाधानको निमित्त अनुरोध गर्दछौं । यदि कुनै पनि वित्तीय संस्थाले समस्या समाधान भन्दानी एकलौटी रुपमा पेलेर गएमा नेपाल कम्युनिष्ट पार्टी सबै उत्पीडित जनताको पक्षमा दृढतापूर्वक उभिने कुरा यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउँछौं ।
दियो पोष्टमा प्रकाशित पछिल्लो समाचार
यस्तो छ विज्ञप्ती
प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी विगतदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा निरन्तर आवाज उठाउँदै आएको कुरा सबैलाई अवगत नै छ । हाल दलाल पुँजीवादी व्यवस्थाका कारण विभिन्न समस्या उत्पन्न भएको छ । राजनीति र राज्य सत्ताको चरित्र अनुसार सामाजिक, आर्थिक र साँस्कृतिक चरित्र पनि बदलिँदै जाने हुँदा दलाल राजनीति र सत्ताको असर समग्र पक्षमा पर्दै गएको छ । त्यसको असर वित्तीय संस्थामा पनि परेको छ । हिजोका सामन्ती, जाली फटाह लुटाहाका भुमिकाका बित्तीय संस्थाले खेलेको छ । प्राय जसो वित्तीय संस्थाहरु जनहित भन्दानी बित्तिय संस्था मार्फत लुट्ने उद्देश्यले खोलिएका छन । यसले जनता उठ्नै नसक्ने गरी आर्थिक रुपमा थिचिएका छन् । धेरैको घरबार बिहिन बनाउँदै लगेको छ । बैंक, सहकारी र लघुबित्तले ब्याजदर वृद्धि र हर्जाना बापत जनताको सम्पत्ति लुट्दै आएको छ । सम्झौता म्याद भन्दा अगाडि नै सम्पत्ति हडप्ने गरेको छ । लघुवित्तले ग्रामीण भेगको सोझा महिलाहरुको समुह बनाइ लुट्दै आएको छ भने कतिपय सहकारीले जनताको बचत नै लुटेर भागेका छन । यसै क्रममा २०८० मंसिर १५ गते काठमाडौंबाट प्रकाशित हुने दियोपोष्ट अनलाइन संचार माध्ययमा ुधादिङमा सहकारीको आवरणमा घरजग्गा खाने गिरोहस् किर्ते गरेर करोडको जग्गा कब्जाु शीर्षकमा एक समाचार प्रकाशित र त्यसैको खण्डनमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था नीलकण्ठ न. पा. ३, धादिङको विज्ञप्ति र २०८० मंसिर २१ गते फेरी मिडियामा प्रकाशित अर्को समाचारले नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो समस्या जिल्ला भरिनै भएकोले उचित समाधानको लागि साझा संघर्ष समिति निर्माण गर्न सबै उत्पीडित जनसमुदायलाई यसै विज्ञप्ति मार्फत आव्हान गर्दछौं । साथै श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था नीलकण्ठ न. पा. ३, धादिङ जनताको समस्या उत्पन्न कर्ता हो कि हल कर्ता हो भन्ने प्रश्न जताजतै उठेको छ । पीडित मेघराज पोखरेल र श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थालाई संवाद र छलफल गरि उचित प्रकारको समस्या समाधानको निमित्त अनुरोध गर्दछौं । यदि कुनै पनि वित्तीय संस्थाले समस्या समाधान भन्दानी एकलौटी रुपमा पेलेर गएमा नेपाल कम्युनिष्ट पार्टी सबै उत्पीडित जनताको पक्षमा दृढतापूर्वक उभिने कुरा यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउँछौं ।
प्रमोद सी
जिल्ला सेक्रेटरी