धादिङ । धादिङबेसी स्थित पशुपति मन्दिरमा आज साँझ जात्रा तथा शतविऊ छर्ने मेला लाग्दैछ । हरेक मसिंर कृष्ण चर्तुदशीको दिन यस मन्दिरमा जात्रा लाग्ने परम्परा अनुसार आज जात्रा तथा शतविऊ छर्ने मेला लाग्न लागेको हो ।
जिल्ला सदरमुकाम धादिङबेसी झर्नु भन्दा पहिला २०१९ सालका यस क्षेत्रमा पशुपति मिन्दर बनाउन छलफल गरिएको र २०२३ सलामा राजा महेन्द्रले शिवमन्दिर बनाउन अनुमति दिए सँगै नियमित कार्तिक वाला चतुर्दशी मेला लाग्दै आएको मन्दिर परिसरमा बस्दै आएका रामनाथ योगीले धादिङपोष्टलाई बताए ।
उनका अनुसार धादिङबेसी सदरमुकाम रहेको क्षेत्रमा वयरघारी र केहि भुभाग खेतको फाँट थियो । साङ्कोष, मुरलीभञ्ज्याङ, पाल्पा र साँखुका स्थानियहरुको पहलमा पशुपतिनाथको मन्दिर निर्माण गरियो मन्दिर निर्माणको वर्ष नै गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा शतबिऊ छर्ने चलन बसेको योगि बताउँछन् ।