धादिङका चार खेलाडीले जिते सिन्धु राष्ट्रिय तेक्वान्दोमा पदक

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २२, २०८०

धादिङ । बाह्रबिसे नगरपालिकाको सहयोगमा नेपाल तोक्वान्दो संघ सिन्धुपाल्चोकले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङका चार जनाले पदक जित्न सफल भएका छन् ।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिती धादिङका अध्यक्ष प्रदिप गिरीका अनुसार ७ प्रदेश, ३ वटा विभागीय र एक आयोजक गरी ११ वटा टिम सहभागि यस प्रतियोगितामा धादिङका चार जना अभिशेक डल्लाकोटी, रुपेश तामाङ, सुप्रिमा बजगाई र सुमन घलेले विभागिय टिमबाट खेल्दै पदक जितेका हुन् ।

एपीएफ बलबाट खेलेका अभिशेक डल्लाकोटी र रुपेश तामाङ स्वर्ण जितेका हुन् भने एपीएफबाटै खेलेका सुमल घलेले रजत र सुप्रिम बजगाईले कास्य पदक जितेका हुन् । यस्तै नेपाल पुलिस क्लवबाट सुप्रिमाले रजत पदक जित्न सफल भएकी हुन् ।

मंसिर १९ र २० गते बाह्रबिसे नगरपालिकाको कवड हलमा सम्पन्न उक्त प्रतियोगितामा नेपाल आर्मीले १० स्वर्ण, ६ रजत र ३ कास्य गरी १९ पदक प्राप्त गरी प्रथम, नेपाल प्रहरीले ७ स्वर्ण, ६ रजत र १ कास्य गरी १४ पदक सहित दोस्रो र सशस्त्र प्रहरी बल ३ स्वर्ण, ७ रजत र ५ कास्य गरी १५ पदक पाएर तृतीय भएको छ हसँदा आयोजक एक स्वर्ण ६ रजत ल्याएर चौथो भएको थियो ।