यु १९ः नेपालले आज बलियो टोली पाकिस्तान सँग खेल्ने

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं । यु-१९ एसिया कपमा नेपालले आज (शुक्रबार) टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११:१५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा सुरु हुनेछ ।

टेस्ट राष्ट्रविरुद्ध खेल्न हामीले राम्रो तयारी गरेका छौं । हाम्रो टिम पनि राम्रो नतीजा ल्याउन उत्साहित रहेको नेपालका, टिमका कप्तान देव खनाल बताउँछन् । गत कात्तिकमा सम्पन्न एसीसी यु-१९ प्रिमियर कपमा कप्तान खनालले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले युएई र इरानविरुद्ध शतकीय पारी खेलेका थिए ।

नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न आजको खेलमा पाकिस्तानलाई हराउनु पर्ने हुन्छ । आज हारेको खण्डमा बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपालले उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ ।

नेपालको टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

पाकिस्तानको टोली
साद बेग (कप्तान), अहमद हुसेन, अली अस्फन्द, अमिर हसन, अरफत मिन्हास (उपकप्तान), आजन अविस, खुबैब खलिल, नजिब खान, नविद अहमद खान, मोहम्मद हियाजउल्लाह, मोहम्मद तयाब आरिफ, मोहम्मद जिशान, शाहजैब खान, उबैद शाह र शामिल हुसेन ।