सिद्धलेकको राष्ट्रपति रनिङ शिल्ड मुख्यमन्त्रीले उद्घाटन गर्ने

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २१, २०८०

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले यहि मंसिर २७ देखि २९ गते सम्म गर्ने अन्तर मावि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका छन् ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार प्रतियोगिता उद्घाटनका लागि मुख्यमन्त्री आउने भए सँगै आज तयारी बैठक सम्पन्न भएको छ । बैठकले प्रतियोगिता सभ्य र भव्य बनाउने गरि तयारी गर्ने पनिर्णय गरेको छ ।

सिद्धलेकमा १३ सरकारी र १ निजी सहित १४ वटा माध्यामिक विद्यालयहरु रहेका छन् । माध्यामिक विद्यालय स्तरीय हुने यस प्रतियोगिताबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट हुने छन् ।