गोरखा । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष जगदिश्वर ढकालले आफ्नो वडाको विद्यालयले पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड जिते उक्त विद्यालयलाई १ लाख ५ हजार दिने घोषणा गरेका छन् ।
यस वडाका महेन्द्र लिला मा।बिले दोसो र तेस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा जिति सकेकोले यस पटकपनि खेलाडी र विद्यार्थीलाई थप हौसलाहोस भनेर वडाले थप पुरस्कारको लागि उक्त घोषणा गरिएको वडा अध्यक्ष ढकालले बताए ।
वडा नम्बर ७ स्थित बडारे खेल मैदानमा आजबाट सुरुहुन लागेको सिरानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १६ वटा सामदायिक विद्यालयका गरि करिव ४ सय जना विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन् ।