धादिङका दुईसहित ३ नेपालीले जिते अष्ट्रेलियामा

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १८, २०८०

धादिङ । अस्ट्रेलियामा सम्पन्न भएको २०२३ केपीएनपी एनएसडब्ल्यू तेक्वान्दो ओपन च्याम्पियनसिप धादिङ दुई सहित ३ नेपाली खेलाडीले जित आफ्नो पक्षमा पार्न सफल भएका छन् । उक्त प्रतियोगितामा धादिङका २ खेलाडी नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती धादिङ अध्यक्ष समेत रहेका प्रदीप गिरी र पारस भण्डारी रवीरगन्जका सागर गुवाजुले भाग लिएका थिए ।

दुइ खेलाडी पारस भण्डारी र सागर गुवजुले स्वर्ण पदक जित्न सफल भएका हुन भने प्रदीप गिरीले रजत पदक जितेका थिए ।यस प्रतियोगितामा २०२३ को अहिले सम्मकै धेरै खेलाडीको सहभागिता रहेको थियो । जसमा ४०० जना भन्दा बडी खेलडीले प्रतिस्पर्धा गरेका थिए ।

यस खेलमा सहभागी नजाउन प्रदीप गिरी थाइल्यान्ड, बङ्गलादेश र हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनमा समेत सफलता हात पर्ना सफल भएका थिए । उनी नेपालका राष्ट्रिय रेफ्री समात रहेका छन् । यसै गरी सागर गुवजुले बिगतका दिनहरुमा राष्ट्रिय टिममा रही बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका छन् । पारस भण्डारीले पानी राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा खेलाडी तथा अफिसियलको भूमिका निर्वाह गरिकेका छन् ।