
धादिङ । यहि मंसिर १४ देखि १६ गते सम्म ललितपुरमा सम्पन्न भएको दोस्रो एनटिए लिग तेक्वान्दो प्रतियोगितामा धादिङका मोहन तामाङले स्वर्ण पदक जितेका छन् ।
नेपाल तेक्वान्दो संघको आयोजनाको आयोजनमा भएको उक्त प्रतियोगितामा पुम्से र ग्यरोगी तर्फबाट ७२ स्वर्ण पदका लागि ६५० खेलाडीले सहभागिता जनाएका थिए ।
नेपाल आर्मिका कार्यरत धादिङका तामाङले ग्यरोगी तर्फ भक्तपुरका किरण सिटिखुलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।