सिद्धलेकको राष्ट्रिपति रनिङ शिल्ड अमर आदर्श मावि सलाङमा हुने

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १७, २०८०

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले यहि मंसिर २७ देखि २९ गते सम्म पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको आयोजना गर्ने भएको छ ।

शनिबार सम्पन्न बैठकले सिद्धलेक ३ सलाङ स्थित अमरआदर्श मावि परिषरमा स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय भएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष समेत रहेका पात्ले माविका शिक्षक तिलक गुरुङले धादिङपोष्टलाई बताए ।

सिद्धलेकमा १३ सरकारी र १ निजी सहित १४ वटा माध्यामिक विद्यालयहरु रहेका छन् । माध्यामिक विद्यालय स्तरीय हुने यस प्रतियोगिताबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट हुने छन् ।