धादिङकी रशिलाले इन्डोनेसियामा जितिन ७७ किलोमिटर दौड

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १६, २०८०

धादिङ । धादिङकी रशिला तामाङले इन्डोनेसियामा आज सम्पन्न अल्ट्रा ७७ किलोमिटर दौडमा प्रथम हुँदै एशिया ट्रेल मास्टर च्याम्पियन भएकी छिन् ।

प्रतियोगितामा रशिलाले ३२५० मिटर अग्लो माउन्ट लाउको अवतरणमा सिङ्गापुर, बेल्जियमकी भान्जा कनोप्सलाई उछिन्दै, १० मिनेटभन्दा बढीको अन्तर निर्धारित दुरी पार गर्दै उपाधी हात परेकी हुन् ।

२०१५ देखि हुँदै आएको यस प्रतियोगिता जित्ने रशिला पहिलो नेपाली महिला खेलाडी हुन् ।