धादिङमा साउन यता मात्रै ६० वटा लैङ्गिक तथा घरेलु हिंसाका घटना

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १६, २०८०

धादिङ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्क अनुसार धादिङमा चालु आर्थिक वर्षमा ६० वटा लैङ्गिक तथा घरेलु हिंसाका घटना भएको छ । धादिङमा चालु आर्थिक बर्षमा मात्रै लैङ्गिक हिंसाका घटना ३७ र घरेलु हिंसाका घटना २३ भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्क अनुसार प्रदेशका १० जिल्लामा आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा लैङ्गिक तथा घरेलु हिंसाका घटना १४ प्रतिशतले बढेको छ । प्रदेशमा चालु आर्थिक वर्षमा ३६४ वटा लैङ्गिक हिंसा र ४२२ वटा घरेलु हिंसाका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्क छ ।

तथ्याङ्क अनुसार जिल्लागत रुपमा चितवनमा ८१ वटा, काभ्रेमा ६२ वटा, मकवानपुरमा ५५, धादिङमा ३७ वटा, सिन्धुलीमा ३४ वटा नुवाकोटमा ३१ वटा, दोलखामा २० वटा, सिन्धुपाल्चोकमा ३० वटा र रामेछापमा १२ वटा लैङ्गिक हिंसाका घटना भएका छन् । यस्तै चालु आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा मध्ये चितवनमा १६७ वटा, काभ्रेमा ६० वटा, मकवानपुरमा १०२ वटा, धादिङमा २३ वटा, सिन्धुलीमा १९ वटा, नुवाकोटमा १८ वटा, दोलखामा ६ वटा, सिन्धुपाल्चोकमा २१ वटा, रामेछापमा ५ वटा र रसुवामा एक वटा घरेलु हिंसाका घटना भएका छन् ।