धादिङको दुम्लिङमा अझै बनेन विद्यालय भवन

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १४, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले १४ करोड खर्च गरेर पालिका भवन बनायो । वडा कार्यालयहरुका पक्की भवनहरु पनि बने । राजमार्ग आरपासका विद्यालयहरुलाई वर्षेनी लाखौं बजेट विनियोजन हुन्छ । तर अझै ग्रामिण क्षेत्रका विद्यालयहरुमा स्थानीय सरकारको ध्यान जान सकेको छैन ।

२०६५ सालमा स्थापना भएको दुम्लिङ स्थित सहारा आधारभूत विद्यालयको भवन नहुँदा अझैं टिनको छानामुनी पढ्न वाध्य छन् विद्यार्थी । चेपाङ बालबालिका पढ्ने उक्त विद्यालय भवन निमार्ण गर्न पटक-पटक माग गर्दा पनि वजेट नपरेको गुनोसो शिक्षिका सावित्रा मगरको छ ।

अब बनाउने हो भन्नु हुन्छ खै अहिले सम्म वजेट परेको छैन उनले भनिन् । इसीडी कक्षाको लागि काम चलाउ माटोको भवन छ तर १ कक्षाको लागि चाहि बाहिर छिनको छाप्रो बनाएर पढाउँदै आएका छौं उनले बताई । राजमार्गबाट १८ किलोमिटर टाढा रहेको उक्त विद्यालय आधाबाटो सम्म यातायताको पहुँच छ भने १ घण्टा पैदल यात्रा गर्नु पर्छ । ७३ जना चेपाङ बालबालिका पढ्ने उक्त विद्यालयको भवन नहुँदाको समस्या त छँदै छ । यो जाडोको समयमा विद्यार्थीहरुको न्यानो पोशाक पनि छैन ।