धादिङका लक्ष्मणले जिते ‘याक अट्याक’ साइकल दौड

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १२, २०८०

धादिङ । नौ देशका २५ जना सहभागी ८ दिन सम्म संचालन भएको साइक्लिङ रेस ‘याक अट्याक’ धादिङका लक्ष्मण मल्लले जितेका छन् । मल्ल एपीएफ क्लवबाट खेल्ने गर्दछन् । दोस्रो एपीएफका कै सुरज रानामगर बने भने तृतिय अच्यूतकृष्ण खरेल भएका थिए । यो उच्च हिमाली क्षेत्रमा गराईने प्रतियोगिता हो ।

अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको याक अट्याक २०२३ साइकल दौड प्रतियोगिता लमजुङको बेँसीसहरबाट सुरु भएको थियो । याक अट्याक इन्टरनेसनल बाइकिङ सिरिजको यो १५औँ संस्करण धादिङका लक्ष्मण मल्लले जितेका हुन् ।

समुद्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा पर्ने थोराङला भञ्ज्याङ पास गरिएको यस साइक्लिङमा नेपालसहित नौ देशका २५ प्रतियोगी सहभागी थिए ।

बेँसीसहरबाट मनाङको ताल हुँदै माथिल्लो मनाङ, पाँच हजार चार सय १६ मिटर उचाइको थोराङला भञ्ज्याङ गरी मुक्तिनाथ, जोमसोमबाट पोखरा आएर प्रतियोगिता अन्त्य भएको थियो ।