कौशल केपी ओली कप खेल्ने धादिङका एक्ला खेलाडी

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १०, २०८०

धादिङ । धादिङ जिल्लाबाट नियमित क्रिकेट खेल्दै आएका कौशल रुपाखेतीले मदन भण्डारी स्पोर्टस एकेडेमी (Blue) बाट पोखरामा जारी केपी ओली कप खेल्ने भएका छन् । खेल तालिका अनुसार कौशल सहभागी मदन भण्डारी स्पोर्टस एकेडेमी (Blue) ले भोली मंसिर ११ गते सोमबार दिनको १२ बजे त्रिभुवन आर्मी क्लवको सामना गर्ने छ ।

केपी ओली कप खेल्ले धादिङका एक्ला खेलाडी बनेका छन् कौशल । उनी यसअघि काठमाडौं जिल्लाबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि छनौट समेत भएका थिए भने धादिङ जिल्लाले सहभागिता जनाउने हरेक प्रतियोगिता जिल्लाबाटै खेल्ने गरेका छन् ।

मङ्सिर १५ गते सम्म पोखरा रंगशालमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, ३ विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको २ टिम गरी १२ टिमको सहभागिता रहेको छ ।

उपाधि विजेताले पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु २ लाख पचास हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। म्यान अफ द सिरिजले नगद ३० हजार रूपैयाँ, बेस्ट व्यटार र बलरले जनही नगद २०-२० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । फाईन तस्वीर