धादिङका शिक्षक नेता आवद्ध विद्यालयको पढाई कस्तो छ हेरौं

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १०, २०८०

धादिङ । धादिङ जिल्ला केन्द्रिय राजधानी सँग जोडिएको जिल्ला हो । यहाँ केन्द्र, प्रदेश र जिल्लाका शिक्षक नेताहरुको बाक्लो उपस्थिति छ । माओवादी केन्द्र नीकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी नै धादिङका छन् भने कांग्रेस नीकट र माओवादी निकट दुबै शिक्षक पेशागत संगठन बागमती प्रदेशको अध्यक्ष धादिङ कै छन् । आज हामी पेशागत संगठन मध्ये विभिन्न राजनीतिक दल निकट धादिङका शिक्षक नेता आवद्ध विद्यालयमा पढाई कस्तो छ लेख्न गहिरहेका छौं ।

शैक्षिक मुल्याङ्कनको पाटो मध्ये परिक्षाफललाई आधार मानेर हामीले २०७९ सालको एसईई परिक्षाको नतिजा खोज्ने प्रयत्न गरेका छौं कुन शिक्षक नेता आवद्ध विद्यालयको पढाई कस्तो भनेर । २०७९ को एसईईमा धादिङबाट १५९ वटा विद्यालयहरुका विद्यार्थी सहभागि थिए ।

माओवादी केन्द्र नीकट एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेशका अध्यक्ष रहेका शंकर अधिकारीको विद्यालय प्रकाश मावि खल्टे औसत जीपीए २.२१ सहित १२० औं स्थानमा रहेको छ । सोहि संगठनका धादिङ अध्यक्ष तिलक चेपाङले पढाउने शंखादेवी मावि मझिमटार बेनीघाट रोराङ औसत जीपीए २.३४ सहित १०० औं स्थामा रहेको छ ।

यस्तै नेपाली कांग्रेस नीकट शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष दिपक सिंखडाले पढाउने पशुपति माध्यामिक विद्यालय नीलकण्ठ औसत जीपीए २.३९ सहित ८८ औं स्थानमा रहेको छ भने सोही संगठनका जिल्ला अध्यक्ष देवी छत्कुलीले पढाउने सालबास मावि चैनपुर ज्वालामुखी औसत जीपीए २.४७ सहित ६५ औं स्थामा रहेको छ । यस्तै एमाले नीकट नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष ठानप्रसाद बसौलाको सल्यानटार मा.वि सल्यानटार त्रिपुरासुन्दरी औंसत जीपीए २.४५ सहित ६८ औ स्थानमा छ ।

शिक्षा विकास तथा समन्वय इकाई धादिङले सार्वजनिक गरेको विवरण अनुसार ०७९ को एसईईमा सामुदायीक तर्फ प्रथम हुँदै नीलकण्ठ मा.वि औसत ३.१० जीपीए सहित जिल्लाको १२ स्थानमा रहन सफल भएको छ भने समग्रमा धादिङ बोर्डिङ औसत ३.६६ जीपीए सहित प्रथम भएको छ ।

जिल्लाका कुन मावि कुन स्थानमा तालिका