अनेरास्ववियु बागमती प्रदेशमा, धादिङका ३ जना परे

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १०, २०८०

धादिङ । नेकपा एमाले निकट अनेरास्ववियु बागमती प्रदेश कमिटीमा धादिङबाट उपाध्यक्ष र २ सदस्य सहित ३ जना परेका छन् ।

लाल बहादुर बुढाथोकी नेतृत्वमा ४९ सदस्यीय अनेरास्ववियु बागमती प्रदेश कमिटीमा चयन हुँदा धादिङबाट उपाध्यक्षमा अच्युत उप्रेती र सदस्यमाद्वय बिजन रेग्मी र बविता खत्री चयन भएका हुन् ।

नवगठित कार्य समितिको पदाधिकारीहरुअध्यक्षमा लाल बहादुर बुढाथोकी, उपाध्यक्षहरुमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुढाशैनी, सचिवमा प्रकाश कलाखेती, उपसचिवहरुमा प्रशान्त जंग पाण्डे,पवन तामाङ र जिप छिरिङ शेर्पा, कोषाध्यक्ष अमृत थापा र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएका छन् ।