नेपालगन्ज म्याराथनमा सन्तोषीको ह्याट्रिक

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ९, २०८०

धादिङ । धादिङ ज्वालामुखी गाउँपालिका निवासी सन्तोषी श्रेष्ठले नवौं धारा नेपालगन्ज महिला हाफ म्याराथन तर्फ उपाधि आफ्नो हातमा पार्दै ह्याट्रिक गरेकी छिन् । शनिबार भएको म्याराथनमा च्याम्पियन बन्न सन्तोषीले निर्धारित दुरि १ घन्टा २० मिनेट ५२ सेकेन्डमा गरेकी थिईन ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ । नावौं संस्करणको प्रतियोगिता सम्म आउँदा सन्तोषीको यो जित लगातार तेस्रो पटकको जित हो ।

सन्तोषी प्रथम हुँदा, फुलमती रानाले १ घन्टा २१ मिनेट ९ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हात पारिन् । पुषा भन्डारीले १ घन्टा २३ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हात पारिन् । बिन्दा ढाकेँ श्रेष्ठले चौथो स्थान हात पारिन् । उनले निर्धारित दुरि १ घन्टा २४ मिनेट २० सेकेन्डमा पूरा गरिन् ।

आज सम्पन्न उक्त प्रतियोगितामा प्रथम हुने सन्तोषीले ७५ हजार, दोस्रो हुनेले फुलमती ५० हजार, तेस्रोले पुष्पाले २५ हजार र चौथो भएकी बृन्दाले १५ हजार र पाँचौं राज्यलक्ष्मीले १० हजार प्राप्त गर्ने छिन् । पुरुष तर्फको म्याराथनमा भने नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले उपाधी जितेका छन् । उनले निर्धारित दुरि २ घण्टा २१ मिनेट ३९ सेकेन्डमा पूरा गरेका थिए ।