माओवादी केन्द्र मै फर्किए विरसिंह

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ९, २०८०

धादिङ । माओवादी परित्याग गरि कांग्रेस प्रवेस गरेका थांक्रेका युवा नेता विरसिंह तामाङ पुन: माओवादी केन्द्र मै फर्किएका छन् । माओवादी केन्द्रमा प्रवेस गरे सँगै अखिल नेपाल खेलकुद मंहासघ थाक्रेको आज सम्पन्न पालिका स्तरीय प्रथम सम्मेलनबाट अध्यक्षमा चयन भएका छन् ।

माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने (सुवोध) को प्रमुख आतिथ्यता, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको विशेष आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनले विरसिंह तामाङ अध्यक्ष रहेको १३ सदस्यीय अखिल नेपाल खेलकुद मंहासघ थाक्रे गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा देववीर लामा, सोमबहादुर तामाङ, अरुण दोङ, विष्णु कार्की, सचिवमा रामसिंह गोले कोषाध्यक्षमा विपिन तामाङ, सहसचिवमा सुमन थापा, सदस्यहरुमा इन्द्रबहादुर भण्डारी, सन्तोष प्याकुरेल, कुमार तामाङ, अनु भुशाल, सरिता तामाङ रहेका छन् ।