सीता दाहालद्वारा मन्दिर निमार्ण

Avatar photo
नारायण सिलवाल
शनिबार, मंसिर ९, २०८०

धादिङ । विश्व भर सामाजिक अभियान्ताको रुपमा चिनिदै आएका धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ स्थित गलने निवासी लोक दाहाल र सीता दाहाल दम्पत्तीले धादिङको बसेरी बुढाथुममा मात्रै करोड भन्दा बढी सहयोग गरिसकेका छन् ।

शुक्रबार आफुले बनाएको मन्दिर र मन्दिर परिषरमा लगाईएको बर पिपल पुजा गर्न, बेल्जियम बस्दै आएका दाहाल दम्पत्ती जन्मभूमि बुढाथुम स्थित गलने आएका थिए । लोक दाहालले त्यस क्षेत्रमा पूननिमार्ण, स्वास्थ्य, शिक्षा, खानेपानी निमार्णमा सहयोग गर्दै आएका छन् भने सीता दाहालले मठ मन्दिरमा मात्रै ३० लाख भन्दा बढी खर्च गरेकी छिन् ।

महालक्ष्मी मावि, कन्या स्कूल, लापुडाँडा र सोती खानेपानी आयोजना, बद्रिविशाल माध्यमिक विद्यालयको नयाँ भवन निमार्णमा लोकदाहालले १ करोड भन्दा बढी सहयोग गरेका छन् भने सीता दाहालले बसेरीमा मन्दिर निर्माण, गलनेमा ईच्छेश्वर महादेवको मन्दिर निर्माण, शिव मन्दिर, १०८ शिव लिंग निर्माण, शौचालय, गेट निमार्ण, बसेरीमा मरणघाट निर्माण, भगवती मन्दिर निर्माण, गोरखाको आर्खेतमा राधाकृष्ण मन्दिर निर्माण, काठमाडौंको राधा कृष्ण मन्दिर निर्माण, सिमराको शिवको मन्दिरको गजुर खरिद सँगै भिमोदय माध्यकामिक विद्यालय गोरखालाई नगद सहयोग गरेकी छिन् ।

हामी आफ्नो आम्दानीबाट केहि रकम सामाजिक काम कै लागि भनेर छुट्याएर राखेका हुन्छौं । सामाजिक सेवा हाम्रो नियमित कर्म हो । विश्वभरि हामी संस्थागत रुपमा सहयोग लिएर असाह्यहरु बीच पुगिरहेका हुन्छौं सँगै नेपालमा पूर्वाधार विकास,अन्य सहयोग नियमित कर्मभएको लोक दाहाल बताउँछन् । मेरो सफलता श्रीमती सीता दाहालको योगदान हो, उनी धार्मिक क्षेत्रमा योगदान गर्दै आएकी छिन् उनकै इच्छा बमोजिम ईच्छेश्वर महादेवको मन्दिरमा वर पिपलको चौतारा बनाई धार्मिक रुपमा बर पिपलको बिवाह गराउन यो पटक जन्मभूमि बुढाथुम आएको उनले बताए ।