धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाले मेलमिलाप सम्बन्धी (४८ घण्टे) आधारभूत तालिमको आयोजना गरेको छ । तालिममा विभिन्न वडाका २४ जा सहभागी छन् भने, महेन्द्र लम्साल, बन्धुराज पौडेल र कविता अधिकारीले सहजिकरण गरिरहेका छन् ।
मेलमिलापकर्ता फाटेका मन सिउने डाक्टर हुन्, स्थानीय तहको न्यायिक समितिमा आउने मुद्दा वा विवादहरूलाई समाधान गर्न सक्ने गरी तालिम प्राप्त दक्ष मेलमिलापकर्ता तयार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको पालिका अध्यक्ष रामसिंह तामाङले धादिङपोष्टलाई बताए ।
तालिममा मेलमिलाप आवश्यक सिपहरु, सहजीकरण सीपहरु, कानुनी तथा न्यायिक पक्षहरु, मानव अधिकार, विवाद समाधानका तरिकाहरु, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग, मेलमिलाप सम्बन्धी ऐन र नियामावली, मेलमिलापकर्ताको भुमिका र दायित्वहरु, मेलमिलापमा प्रसंशनिय दृष्टिकोणको परिचय, बहुसरोकार रहेको विवाद मेलमिलाप लगायतका विषयमा सहजिकरण गरिने बताईएको छ ।