गंगा जमुना मेलामा मुख्यमन्त्री जम्कट्टेल सहभागी हुने

Avatar photo
नारायण सिलवाल
सोमवार, मंसिर ४, २०८०

धादिङ । उत्तरी धादिङको गंगा जमुना ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गंगा जमुना माईको मेला यहि मंसिर ६ र ७ गते दुई दिन हुँदै छ । उक्त मेलामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि सहभागी हने भएका छन् ।

हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा हजारौ भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोलीपल्ट नुहाएर फर्कने गर्दछन । मेला कै अवसरमा ६ गते हुने बृहत सांकृतिक कार्यक्रम मुख्यमन्त्रीले उद्घाटन गर्ने जनाईएको छ भने । कार्यक्रमको औपचारिक समापन मंसिर ७ गते हुने छ ।

गंगा जमुना झरनाको महत्वः
धार्मिक विश्वास अनुसार गंगा जमुना रहेको गणेश पर्वत श्रृखङ्ला गणेश शिव पार्वतीका पुत्र हुन् । शिव पार्वतीको निवास स्थान कैलाश पर्वत र गणेशको निवास स्थल यहि यहि हो भन्न परम्परा छ ।ऋषि मुनिहरुको पवित्र तपो भुमिको रुपमा वर्णित यस सुरभ्य भुभागमा गंगाजमुना, तातोपानी जइसल कुण्ड लगायत तीर्थस्थलहरु प्राचीनकाल देखिनै श्रद्धा र विश्वास रहि आएको छ ।

गंगा जमुना झर्ना नजिकै अर्को धारा छ, जसलाई स्थानियहरु कुकुर धारा भन्ने गर्छन् । यस धारा गणेशको आँशुबाट बगेको यसमा कीट नाशक गुण समेत भएको विश्वास गरिन्छ । उक्त कुकुर धारामा नुहाए कुकुर वा जीव जन्तुले टोकेको विष हटेर जान जन विश्वास रहि आएको छ ।

गंगा जमुना झरना २ हजार ८ सय मीटरको उचाईमा रहेको पहरोबाट खसेर १ हजार ८ सय मिटर उचाइमा रहेका तिर्थालुहरु जम्मा हुने सभा क्षेत्र आईपुगेको छ । १ हजार मिटर माथीबाट एकै पटक खस्दा पानीले झर्नाको रुप लिई पानीको थोपाहरु हावामा बयेली मोतीको दाना झै टल्कदै झरेको दृष्य पर्यटकहरुका लागि आकर्षक बन्ने गरेको स्थानीयहरु बताउँछन् ।

गंगा जमुनालाई हिमालय पुराणमा दिदी बहिनीको रुपमा वर्णन गरिएको पाईन्छ । यसै झर्ना मिसिएर भारतमा पुगी प्रसिद्ध गंगा नदी बनेको र यहाँको गंगा जमुनाले जस्तै त्याहा गंगा र यमुनाले प्रसिद्धि कमाएको बताईन्छ । फाईल फोटो: कुसल भण्डारी