ताल्तीमा मंसिर ६ गते बृहत सांस्कृतिक हुने

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ४, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ताल्ती स्थित गौरी शंकर महादेव मन्दिर परिसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हरिवोधनी एकादशीको अवसरमा हुने उक्त सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको वेजोड प्रस्तुती रहने बताईएको छ ।

उज्यालो युवा समाजले आयोजना गर्न लागेको उक्त कार्यक्रममा टीका सानु, खुमन अधिकारी, रितु तामाङ, प्रदिप रोक्का, अस्मिता डाल्लाकोट, जेनी मगर लगायतका कलाकार आउने बताईएको छ ।

महादेवस्थान आमा समुह सञ्जाल र उज्यालो युवा क्लव ताल्तीको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा बालचन्द्र बराल, सुमन परियार, सुमन थापा, रेनुका भट्टराई, राजेन्द्र दुधराज, सिम्रन दुलाल (कुसुम), यमन दुधराज र टिकाराम चेपाङ लगायतका कलाकारहरुको प्रस्तुती रहने बताईएको छ ।