धादिङबाट ९ जना हाई प्रफमेन्स तेक्वान्दो कोच तालिममा सहभागी

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ३, २०८०

धादिङ । नेपाल तेक्वानदो संघले आयोजना गरेको हाई प्रफमेन्स कोच तालिममा धादिङबाट धादिङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रदिप गिरी सहित ९ जना सहभागि भएका छन् ।

सातदोबाटो स्थित तेक्वान्दो एकेडीमीको हलमा विदेशी तेक्वान्दो विज्ञहरुबाट प्रशिक्षण दिईने उक्त तालिम मंसिर ७ गते सम्म संचालन हुने छ । यो तालिममा चौंथो डान भन्दा माथिका सहभागी छन् ।

यी हुन् धादिङबाट प्रफमेन्स कोच तालिममा सहभागी ९ जना
१. प्रदिप गिरी
२. रामकुमार पोखरेल
३. गौतम श्रेष्ठ
४. सुब्बा श्रेष्ठ
५. विदुर बास्कोटा
६. सुजन पाण्डे
७. हनिफ भण्डारी
८. उज्वल श्रेष्ठ
९. सरुकुमारी मगर