धादिङबेसी । संघीय सांसद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डीपी अर्यालले शनिबार दिनभर धादिङबेसी सदरमुकाममा घरदैलो गरेका छन् । एक वर्षे आफ्नो कार्यकालको रेकर्ड कार्ड सार्वजनिक गरेका उनले सुझाव संकलनका लागि घर दैलो गरेको जनाएका छन् ।
धादिङबेसी पुछारबजारबाट घरदैलो सुरु गरेका उनले प्रत्यक घर घर पुगेर रास्वपा जनताको पार्टी भएको र यस पार्टीबाट तपाईले आशा गर्नुभएको कामको सुझाव दिन आग्रह गरेका थिए ।
रास्वपा धादिङ क्षेत्र नम्बर २ का नेता सहित घरदैलो गरेका सांसद अर्यालले सुझाव फारम भरेर रास्वपालाई सहयोग गरिदिन आग्रह गरेका थिए । उनले आफ्नो रिपोर्ट कार्डमा संसदको कुल ६५ बैठक मध्य ५८ वैठकमा सहभागि भएको, सुन्य समयमा ६ धादिङ अस्पतालको सय वेड बनाउने देखि विभिन्न ६ विषय उठान गरेको जनाएका छन् ।
यस्तै उनले रिपोर्ट कार्डमा आफ्नो एक वर्षे कार्यकालमा भएको आम्दानी खर्च सार्वजनिक गर्दै यो अवधिमा पार्टीलाई लेबी १ लाख ७५ हजार बुझाएको समेत उल्लेख गरेका छन् ।