सांसद डीपी अर्यालद्वारा एक वर्षे रिपोर्ट कार्ड सार्वजनिक

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २, २०८०

धादिङ । धादिङका संघीय सांसद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डीपी अर्यालले १ वर्षेको रिपोर्ट कार्ड सहित आफु धादिङका जनता सँग फेरि साक्षत्कार गर्न आउन लागेको जनाएका छन् ।

उनले आफ्नो रिपोर्ट कार्डमा संसदको कुल ६५ बैठक मध्य ५८ वैठकमा सहभागि भएको, सुन्य समयमा ६ धादिङ अस्पतालको सय वेड बनाउने देखि विभिन्न ६ विषय उठान गरेको जनाएका छन् ।

यस्तै उनले रिपोर्ट कार्डमा आफ्नो एक वर्षे कार्यकालमा भएको आम्दानी खर्च सार्वजनिक गर्दै यो अवधिमा पार्टीलाई लेबी १ लाख ७५ हजार बुझाएको समेत उल्लेख गरेका छन् ।