काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गाना युनाईटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्रको सह अध्यक्षमा चयन भएका छन् ।
चाईनाको ईयू शहरमा भएको अधिवेशनले ढुंगानालाई सह अध्यक्षमा चयन गरेको हो ।
अहिले निर्वाचित समितिको कार्यकाल तीन वर्षको हुनेछ । यस संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानिय सरकारहरू सदस्यका रूपमा रहेका छन् ।