
काठमाडौं । पब्जी विश्वमा नेपाली टिमहरुले भाग लिन थालेको यो पहिलो हैन गत विश्कपको उपविजेता समेत रहेको नेपालको पब्जी टिम डीआरएसले विभिन्न छनोट प्रतियोगिताहरु पार गर्दै यस वर्षको ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२३ मा सहभागीता जनाईरहेको छ ।
हिजो अर्थात कार्तिक ३० गतेबाट सुरुभएको यस प्रतियोगिताको पुरस्कार राशी करिव ४० करोड नेपाली रुपैँया रहेको छ । ग्रुप एल्लोमा रहेको डीआरएस गेमिङले पब्जी विश्वकपको समूह चरणबाट आफ्नो यात्रा सुरु गर्दै हिजो पहिलो दिनको खेलमा १६ अंक बटुल्न सफल भएको छ ।
यो प्रतियोगतामा कूल ५० टिम सहभागी रहेकोमा ४८ टिमले समूह चरणको खेल खेल्नेछन् भने दुई टिमलाई सिधै अन्तिम चरणका लागि आमन्त्रण गरिएको छ । हरेक दिन ६ खेल गरी चार दिनसम्म कूल २४ खेल हुनेछन् । शीर्ष तीन टिम सिधै ग्रान्ड फाइनल्समा प्रवेश गर्नेछन् भने चौंथोदेखि ११ औं स्थानमा रहेका टिम सर्भाइबल स्टेजमा जानेछन् । बाँकी पाँच टिम भने समूह चरणबाटै बाहिरिनेछन् ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा दोस्रो हुँदै नेपाली टिम डीआरएसले कुल २ लाख ९२ हजार अमेरिकी डलर (३ करोड ८६ लाख नेपाली रुपैयाँ) जितेको थियो ।